स्वर्गीय मनरुपा गुरूङ राज्य स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल सम्पन्न
रम्फूः पूर्व सिक्किमअन्तर्गत माझिटार सरकारी माध्यमिक पाठशाला खेल मैंदानमा माझीटार स्पोर्टिङ क्लब र स्वतन्त्रता दिवस समारोह समिति माझिटारद्वारा आयोजित स्वर्गीय मनरुपा गुरूङ राज्य स्तरीय फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल सम्पन्न भयो |
तेस्रो दिनको प्रथम खेलको अवसरमा मुख्य अतिथिको रूपमा टेकपेक प्राइवेट लिमिटेडका बोर्ड अफ् डाइरेक्टर प्रदीप प्रधान उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा अजय गुरूङ, प्रकाश राई र मुन्ना थापा उपस्थिथत थिए। बलुवाटार र यूकेएफसी साखूबीच सम्पन्न पहिलो खेलको विजयी दलको चयन परिणाम पेनल्टी शूट आउटमार्फत गर्न पऱ्यो, जसमा बलुवाटार विजयी भयो।
यसरी नै दिनको दोस्रो खेलमा अतिथिहरूको रूपमा माझिटार पाठशाला प्रबन्धन समितिका सभापति रबिन भुजेल सहित सुवाष शर्मा र बिपिन माझी उपस्थित थिए। टिस्टा फुटबल क्लब र माफिया फुटबल क्लबबीच सम्पन्न दोस्रो खेलमा टिस्टाका खेलाडीहरुले आफ्नो दललाई जीत दिलाउँदै अघिल्लो चरणमा स्थान सुनिश्चित गऱ्यो।

0 comments