ट्याक्स हेराफेरी मामिलामा लियोनेल मेसीलाई 21 महीनाको जेल सजाय
अर्जेण्टिना र बार्सिलोनाका स्टार फुटबल खेलाड़ी लियोनेल मेसीलाई स्पेनमा ट्याक्समा हेराफेरीको मामिलामा 21 महीनाको जेल सजाय सुनाइएको छ।
लियोनेल मेसी र उनका वित्तीय कामकाज सम्भालने उनका पितामाथि 2007 र 2009 को बीचमा स्पेनमा 45 लाख डलर (लगभग 30 करोड़ रूपियाँ) को धोकाधड़ीको आरोप छ।
अधिकारीहरू्अनुसार यी दुईले इमेज राइट्सबाट हुने आमदनीलाई लुकाउनको निम्ति बेलीज र उरूग्वे जस्ता देशहरूको सहयोग लिए। मेसीको इमेज राइट्सबाट हुने कमाई जुन कम्पनीहरूबाट हुँदछ, त्यसमा बांको सैबडेल, डैनन, एडिडास, पेप्सी-कोला, प्रक्टर एण्ड गैम्बल र कुवैत फ़ूड कम्पनी सामेल छन्।
उनका वकीलको के तर्क छ भने मेसीले कहिलै पनि आफ्नो अनुबन्धलाई पढ़ेनन् अनि न नै त्यसमाथि ध्यान दिए। बार्सिलोनाको अदालतले मेसीमाथि 20 लाख यूरोको जरिमाना पनि लगाएको छ। उनका पिता जर्जलाई पनि जेल सजाय सुनाइएको छ भने जरिमाना पनि लगाएको छ।
लियोनेल मेसी र उनका पिताले यस सजायको विरूद्धमा अपील गर्ने मानिँदैछ। स्पेनको न्याय प्रणालीअनुसार यदि दुई वर्षभन्दा कमको सजाय दिइन्छ भने जेल जान नपर्ने पनि हुनसक्छ।
0 comments