मगन जिल्ला अस्पताल परिसरमा विरूवा रोपन
अस्पतालका डाक्टर एवं कर्मचारीको सहभागितामा यहाँ विभिन्न प्रजातिका लगभग 250 विरूवा रोपियो। निल कमल, इन्द्र कमल, अजेलिया, जारूल आदि जस्ता विरूवा अस्पताल परिसरमा रोपियो।
यो सिक्किम सरकारको ठूलो एवं महत्वपूर्ण पहल हो। पर्यावरणलाई स्वच्छ राख्ने उद्देश्य लिएर शुरू गरिएको यस पहलमा हामी सबैले साथ दिनुपर्छ अनि प्रत्येकले कम्तिमा पनि एक-एकवटा विरूवा रोप्नुपर्छ, जिल्लापाल कर्मा आर बन्पोले भने।
0 comments