उत्तरपूर्वी सिमान्त रेलवेका महाप्रबन्धकको राज्यपालसित भेटे

Unknown | Sunday, June 19, 2016 | 0 comments

गान्तोकः उत्तरपूर्वी सिमान्त रेलवे (निर्माण) का महाप्रबन्धक एच.के जग्गीले शनिवार राज्यपाल श्रीनिवास पाटिलसित राजभवनमा शिष्टाचार भेट गरे| महाप्रबन्धक जग्गीसित मुख्य कार्यकारी अधिकारी (निर्माण) र आइआरसीओएनका कार्यकारी निदेशक ए.के गोयल पनि उपस्थित रहेको जानकारी राजभवनले दिएको छ| अधिकारीहरू हाल सिक्किमको आधिकारिक भ्रमणमा रहेको बताइएको छ| 

राज्यपालसित भएको शिष्टाचार भेटमा महाप्रबन्धकले सिक्किमलाई जोड़ने रेलवे परियोजनाबारे जानकारी दिए| जमीन अधिग्रहण सम्बन्धी जानकारी राज्यपाललाई गराउँदै यो समस्या चॉंड़ै समाधान हुने र सेवकदेखि रम्ङ्गूसम्म रेलवे लाइन निर्माण कार्य शुरू हुने उनले आशा प्रकट गरे|

उनले सेवक-रम्ङ्गू रेल मार्गअन्तर्गत ८२ प्रतिशत दूरी सुरूङद्वारा तय गरिने बताए भने अधिकांश रेल मार्ग पश्‍चिम बंगालको ङ्गरेस्ट रिजर्व र महानन्दा वन्यप्राणी अभयारण्यमा पर्ने जानकारी दिए| 

यसरी नै राज्यपाल पाटिलले जमीन अधिग्रहण सम्बन्धी मामिला समाधान गर्न सक्रिय भूमिका निर्वाह गर्ने आह्वान गरे| उनले सिक्किम अनि राज्यवासीको हितलाई ध्यानमा राखेर रेल मार्ग निर्माण कार्य चॉंड़ोभन्दा चॉंड़ो शुरू गर्नुपर्ने बताए| उनले रेल मार्ग निर्माण क्षेत्रहरूमा पर्ने सम्बन्धित प्राधिकरण र सरकारसित बैठक गर्ने सुझाउ पनि दिए|

Category:


0 comments

Check This too

loading...

Featured