मन्त्री परिषद्द्वारा ठाकुरबाड़ी मन्दिर निर्माणको निम्ति ४.५ करोड़ स्वीकृतः विधायक लेप्चा

Unknown | Sunday, June 12, 2016 | 0 comments

गान्तोकः ११ जूनको दिन बिहारी कल्याण समितिको आम सभालाई सम्बोधन गर्दै गान्तोक निर्वाचन क्षेत्रका विधायक एवं संसदीय सचिव पिन्चो छोपेल लेप्चाले ठाकुरबाड़ी मन्दिर निर्माण कार्यमा सबैलाई एकजुट बन्ने आह्वान गरेका छन्| उनले उक्त  मन्दिर निर्माणको निम्ति मन्त्री परिषद्ले ४.५ करोड़ रूपियॉं स्वीकृत गरेको तथा मन्दिरको निर्माणलाई लिएर अहिले यसको रूपरेखा तयार बनाउने दिशामा कार्य चलिरहेको जानकारी गराए| 
आवासीय प्रमाण पत्र (आरसी) बारे बोल्दै लेप्चाले आरसी वितरण शुरू हुन थालेको बताए भने आरसीले राज्यका पुराना व्यापारीहरूलाई एउटा पहिचान दिने मनतव्य प्रकट गरे|

यस अवसरमा बिहारी समितिका सदस्यहरूले विधायकलाई धर्मशाला निर्माणको निम्ति ज्ञापन पत्र सुम्पेका छन्|

यसरी नै उनले छठ पुजालाई रीस्ट्रिक्टड होलीडे भनी घोषणा गरिएको विषयलाई ऐतिहासिक बताए| विधायकले राजधानी गान्तोकमा पानीको समस्या चॉंड़ै समाधान हुने आश्‍वासन दिए| उनले राजधानी एउटा चिल्ड्रेन पार्क निर्माण गर्ने सरकारले योजना बनाएको पनि जानकारी दिए| मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा राज्यमा शान्ति वातावरण रहेको र यो व्यापारी समुदायको निम्ति आर्शिवाद सरह रहेको बताए| कार्यक्रममा बिहारी समुदायका वरिष्ठ नागरिकहरू, समितिका सदस्यहरू, पार्षदहरू आदिको उपस्थिति रहेको थियो|

Category:


0 comments

Check This too

loading...

Featured

  • एक युगको अन्त्य
    सिक्किमका पूर्व मुख्यमन्त्री श्री नरबहादुर भण्डारीको दिल्लीमा उपचारको क्रममा निधन गान्तोक, 17 जुलाईः सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिक्किमको सिङ्गो इतिहास बोकेका पूर्व मुख्यमन्त्री...
  • अव्यवस्थित सड़क मार्गका कारण डीसी कोर्ट स्ट्याण्ड परिसरमा ट्राफिक जामको समस्या
    गान्तोक, 13 मईः स्थानीय सिच्छेस्थित जिल्लापाल कार्यालय स्ट्याण्ड परिसरमा सड़कको स्थिति अव्यवस्थित बन्न थालेपछि दिनदिनै यातायातमा समस्या उत्पन्न हुन थालेको छ। बर्खायाम जति-जति नजिकिँदैछ उति नै सड़कको...
  • Jaharman Rai: The unsung Hero of Sikkimese History
    Late Jaharman Rai was also a son of an ordinary Sikkimese peasant of Tinzir Busty at Namchi in South Sikkim. Born on 2 July 1915, Late Rai was the youngest child of Late Ashdhan Rai. After the...