लिम्बू-तामाङ सीट आरक्षणः हाई पावर कमिटीले बुझायो मुख्यमन्त्रीलाई रिपोर्ट
गान्तोकः लिम्बू-तामाङ जनजातिको सिक्किम विधानसभामा सीट आरक्षणको मुद्दाको समाधानार्थ राज्य सरकारद्वारा गठित हाई पावर कमिटीले आज आफ्नो रिपोर्ट मुख्यमन्त्री पवन चामलिङलाई वहॉंको सरकारी निवास मिन्तोगाङमा सुम्पेको छ|राज्यका ऊर्जा एवं विद्युत विभाग मन्त्री श्री डीडी भोटियाको अध्यक्षतामा गत फरवरीमा ‘हाई पावर कमिटी फर रिजर्वेशन अफ् सीट फर लिम्बू-तामाङ इन स्टेट’ गठन गरेर लिम्बू-तामाङ समुदायलाई राज्य विधानसभामा सीट आरक्षण विषयको समाधानको निम्ति आफ्नो रिपोर्ट तयारी गरेर सरकारलाई बुझाउने जिम्मेवारी सुम्पिएको थियो भने आज १ जूनको दिन कमिटीले आफ्नो रिपोर्ट बुझाएको छ|
यस अवसरमा मन्त्री जीएम गुरूङ, आरबी सुब्बा, एसबी सुवेदी, डीटी लेप्चा, लोकसभा सांसद पीडी राई, राज्यसभा सांसद हिस्से लाचुङ्पा, संसदीय सचिव डा. मिचुङ भोटिया अनि भूराजस्व विभागीय सचिव टी. टॉंसीको पनि उपस्थिति रहेको थियो|
Category: Sikkim Government

0 comments