सिक्किम सतर्कता विभागको कार्यको भाजपाद्वारा स्वागत
वर्तमान सरकारका नजिककाहरूविरूद्ध पनि जॉंच गर्नुपर्छः भाजपा
गान्तोकः विभिन्न विकासिय कार्यहरूको निम्ति आवण्टित धनराशि हिनामिना तथा भ्रष्टाचार गरेको आरोपमा सिक्किम सतर्कता विभागद्वारा विभिन्न विभागका अधिकारीहरूलाई पक्राउ गर्ने कार्य गरिरहेकोमा सिक्किम प्रदेश भारतीय जनता पार्टीले यसको खुलेर स्वागत जनाएको छ|रानीपूलस्थित पार्टी मुख्य कार्यालयमा सम्पन्न पार्टीको एक बैठकमा सिक्किम सतर्कता विभागको यस कार्यमाथि भाजपाले खुशी व्यक्त गरेको पार्टीका प्रचार प्रसार महासचिव एलआर गुरूङले प्रेस विज्ञप्तिमामार्ङ्गत जानकारी दिएका छन्| यस्ता भ्रष्ट कार्य गर्नेहरू विरूद्ध सतर्कता विभागले गरिरहेको कार्वाहीप्रति प्रदेश भाजपाले धन्यवाद दिएको छ तर यस्ता साथै पार्टीले बुद्धिजीविहरूको भनाइ अनुसार केवल सेवानिवृत्त अनि सरकारलाई सहयोग गर्न छोड़ेका अधिकारीहरू विरूद्ध मात्र कार्वाही गर्ने गरेको भान भइरहेको जनाएको छ|
सिक्किम सतर्कता विभागले वर्तमान सरकारका करिबीहरू विरूद्ध पनि जॉंच गर्नुपर्छ जसले ग्रामीण जल आपूर्ति, सड़क अनि पूल निर्माण, ब्रम्हपूत्र परियोजना जस्ता विकास कार्यहरू लिएका छन् र त्यसमा व्यापक भ्रष्टाचार भएको गन्ध आइरहेको प्रेस बयानमा उल्लेख छ| यस दिशामा विभागको पहलले जनताको रायमा पनि सन्तुलन ल्याउन र अहिले विभागको कार्यवाही एकपक्षीय देखिएको प्रदेश भाजपाको भनाइ छ|
ग्रामीण जल आपूर्ति, सड़क अनि पूल निर्माण, आवास योजना आदि सरकारी परियोजनाहरू अधुरो रहेको गुनासो जनताबाट आउने गरेको बताउँदै यस्ता कार्यहरूमा भ्रष्ट विभागीय प्रमुखहरू, बेइमान व्यापारीहरू र निविदाकर्ताहरूको मिलीभगतमा व्यापाक धॉंधली भइरहेको प्रदेश भाजपाले बताएको छ|
Category: Politics
0 comments