मन्त्री सुब्बाको अध्यक्षतामा रिञ्चेनपाेङ निर्वाचन क्षेत्र स्तरीय सभा साङ्गदाेर्जी सामूदायिक भवनमा सम्पन्न
गेजिङ ०८जून : राज्यका शहरी तथा आवास विकास विभागीय मन्त्री नरेन्द्र कुमार सुब्बाको अध्यक्षतामा तथा सिक्किम प्रजातान्त्रिक माेर्चा पार्टी पश्चिम जिल्ला कार्यकारिणी समितिकाे आयोजनामा आज रिञ्चेनपाेङ निर्वाचन क्षेत्र स्तरीय सभा साङ्गदाेर्जी सामूदायिक भवनमा सम्पन्न भयो ।यस सभामा पश्चिम जिल्ला पार्टी अध्यक्ष सुकमान सुब्बा ,महासचिव प्रभारी संगठन बि.बि.राई दक्षिण पश्चिम महासचिव प्रभारी शेरहाङग सुब्बा क्षेत्र विधायक के.एस.लेप्चा तथा पार्टीका वरिष्ठ कार्यकर्ता एवं निर्वाचन क्षेत्रका वार्ड ब्लक समष्टि स्तरीय कार्यकर्ताकाे सहभागीता थियो ।
पहिलो चरणमा क्षेत्र विधायक के.एस.लेप्चाले स्वगत सम्बाेधन गर्दै पार्टीको संविधान अनुरूप यस निर्वाचन क्षेत्रमा केही दिन अघि मात्र वार्ड ब्लक क्षेत्र स्तरीय पार्टीको पुरानो समिति विगठन गरि नयाँ कार्यकारिणी नवगठित समिति गठन गर्ने कार्य पुरा गरिसकेको छ र कार्यकर्ताले संविधान नितिसिद्धान्तमा रहेर काम गरिदिने बताए ।यस सभालाई सम्बाेधन गर्दै पश्चिम जिल्ला युवा संयाेजक सुशील तामाङले लिम्बू तामाङ सिट आरक्षण विषय बाेल्दै २०१९ अघि पाँच वटा लिम्बू तामाङलाई अरक्क्षित सिट दिने मुख्य मन्त्रीले वचन दिई सकेको बताए ।कुनै पनि विपक्षी पार्टीको कुरा नसुनेर शिक्षित युवा पिडीले कानुनी रूपमा यस मुद्दालाई हेरिदिने अनुराेध गरे ।पश्चिम जिल्ला अध्यक्ष सुकमान सुब्बाले सम्बाेधन गर्दै यो पार्टी भनेकाे २५ वर्ष सरकार चलाउने सफल नेतृत्वकाे पार्टीको सदस्यता हुनु भनेको एउटा इतिहासीक विषय रहेको बताए ।लिम्बू तामाङलाई २००२ मा पवन चामलिङले आट गरेर जन जातिको मान्यता दिई सकेको छ भने अब सिट पनि पक्का भईसकेकाे छ।
सिक्किमको पक्का लिम्बू तामाङ जन्तर मन्तरमा गएका थिएनन् भन्दै मलाई पनि आफ्नो जातिको सिटकाे माया छ तर यो ग्राम पञ्चाय जिल्ला पञ्चायतमा सिट आरक्षण गरे जस्तो सहजिलाे छैन सरकार पार्टी यस विषयमा लागि रहेको जनाउँदै जन संख्याकाे आधारमा लिम्बू तामाङले केवल तिन सिट पाउन सक्छ तर बर्मन कमिशनकाे आधारमा ३२ वाट ४० सिट बनाएर पाँचवाट सिट दिने नेताकाे विचार रहेको पनि उनले सभामन जानकारी दिए।जात जातकाे संस्था नखाेलेर हामी व्यावसायकाे क्षेत्रमा संगठन बनाएर अघि बडनुपर्छ भनि बताए ।
दक्षिण पश्चिम महासचिव प्रभारी शेरहाङग सुब्बाले सिक्किम प्रजातान्त्रिक माेर्चा पार्टीको सरकार आए देखि यता राज्यमा वसाे बासाे गर्ने सम्पूर्ण जातिलाई न्याय दिएर हक अधिकार दिने काम गरेको छ।भाडाकाे मान्छे जन्तर मन्तरमा धर्ना गर्दा सिट पाउदैन पि.एस.गाेले कुङगा निमा जस्तो मान्छेले राज्यमा अशान्ति ल्याउने काेशीस जात जातमा विभाजन गरिरहेकाे आराेप लगाए।२०१९ अघि लिम्बू तामाङले सिट पाउने निश्चित भईसकेकाे जनाए ।सभाध्यक्षताकाे आसनवाट बाेल्दै पश्चिम जिल्ला प्रभारी नरेन्द्र कुमार सुब्बाले पद हाेइन पार्टीको जिम्मेवारी दिएको कार्यकर्ता चयन गरेको भन्दै सिक्किमकाे सुनाम देश विदेमा फैलिरहेकाे छ यो सहि नेतृत्वकाे कारण हाे भन्दै वार्ड कमिटीले आफ्नो वार्डलाइ नेतृत्व दिन सक्नु पर्छ आ आफ्नो जिम्मेवारीलाई पालन गर्ने सके पार्टी अघि बडेर जाने जनाए ।
युवा चेलिले नेतृत्व दिन सक्नुपर्छ ।नेताले दिनुपर्ने हक अधिकार सम्पूर्ण जातिलाई दिई सकेको छ।भारतकाे कानुनमा लिम्बू तामाङले सिट पाउने अधिकार छ त्यो केन्द्रकाे हातमा छ।राज्य सरकारकाे हातमा छैन भनि उपस्थित जनतालाई जानकारी दिए।रिञ्चेनपाेङले विधायक भने जस्तो पाएकाे छ र शहरी विकास विभाग मार्फत यहाँ विभिन्न विकासकाे माग विधायकले राखि रहेको र यसमा काम शीघ्र गर्ने पनि जनाए ।कार्यकर्ता भनेकाे जिम्मेवारी व्याक्ति साथै क्षमतावन हुनुपर्छ भन्दै युवा पिडीलाई माेटिवेशन गरि पार्टीमा ल्याउनुपर्छ हाम्रो पार्टीको निति सिद्धान्तम छ।आजको यस सभालाई उत्तर जिल्ला प्रभारी ओ .टि.लेप्चा लगायत अन्यले पनि सम्बाेधन गरेका थिए।

Category: Sikkim Government
0 comments