सम्झनामा स्वर्गीय अली : जसले ओलम्पिकको गोल्डमेडल खोलामा फ्याँके

Unknown | Saturday, June 04, 2016 | 1 comments


अली जन्मले क्रिष्ट्रियन हुन् । बाल्यकालमा अली आफैँले खासै दुख अनुभव गर्नुपरेको थिएन । तर अमेरिकामा कालाजातिमाथि हुने विभेदले उनलाई अन्यायको विरुद्धमा लड्नका लागि पटक–पटक उत्प्रेरित गर्यो । उनले धर्म परिवर्तन गर्नुको कारण पनि यही नै थियो । अलीले सन् १९६४ को रोम ओलम्पिकमा जितेको मेडललाई खोलामा फालेका थिए । उनले यो तथ्यलाई सन् १९७५ मा प्रकाशित आफ्नो आत्मवृत्तान्तमा समेटेका छन् । अलीले भनेका थिए –‘ओलम्पिकको अर्थ सबै विभेदहरु चिर्दै समाजलाई एकतावद्ध बनाउनु हो । तर अझै पनि विश्वमा कालाहरु दोस्रो दर्जाका नागरिक छन् । अझै पनि विश्वमा गरिबहरुले दोस्रो दर्जाको जीवन बाँच्नुपरेको छ । ओलम्पिक केवल सम्पन्न तथा अधिकारप्राप्तहरुका लागि मनोरन्जनको माध्यममात्रै बनेको छ ।’

‘कसैले ५० वर्षको उमेरमा त्यसरी नै संसारलाई बुझ्छ जसरी उसले २० वर्षको छदाँ बुझेको थियो । उसको जीवनका ३० वसन्त खेर गए ।’

यस्तो विचार राख्ने महान् अमेरिकी बक्सर महोमम्द अलीले ७४ वर्षको उमेरमा संसार छाडेका छन् । पार्किन्सन नामक रोगसँग मुक्केबाजी गर्दा गर्दै यी बुढा बक्सरले अमेरिकाको अरिजोनास्थित एक अस्पतालबाट विश्वभरका करोडौँ समर्थकलाई सधैँका लागि गुडबाई गरे । बुढा अली मृत्युअघिसम्म पनि उस्तै तगडा थिए । उनको सोचाई, बुझाई र भोगाईको स्तर निरन्तर परिवर्तन भइरह्यो । तर परिवर्तन भएनन्, उनका महान् विचार ।

अलीले बक्सिङ खेलबाट सन्यास लिएपछिको झन्डै ३ दशकको बाँकी समय समाजसेवामा लगाए । आफ्ना विचारोत्तेजक अभिव्यक्तीका कारण पनि अली सधैँ चर्चामा आइरहन्थे ।
जीवन पर्यन्त उनी काला जातीको हकअधिकारका विषयमा सचेत रहिरहे । ‘कहिल्यै दिनहरु नगन बरु दिनहरुले तिमीलाई गनून्’ भन्ने मान्यता राख्थे अली । उनले भनेझैँगरी उनले सफलता हासिल गरेका प्रत्येक तारिख समर्थकहरुले अलीको नामले संझनेछन् । जीवनको अन्तिम समयसम्म पनि उनले मृत्युसँग डर मानेनन् । तर पटक–पटक मृत्यु नजिक पुगेर पनि बाँचेर फेरि उल्लासमय जीवनलाई आत्मसात् गरेका अली यसपटक कहिल्यै नफर्कनेगरी बिदा भए ।

बक्सिङका बादशाह
जसरी फुटबल खेललाई पेले र म्याराडोनाले विश्वका करोडौँको ढुकढुकी बनाए । सचिन तेन्दुलकरले क्रिकेट खेल्नका लागि थुप्रैलाई प्रेरित गरे । माइकल सुम्याकरले फर्मुला वान र रोजर फेडेररले टेनिसको ग्ल्यामरलाई संसारभर छरे । त्यसरी नै सिमित व्यक्तीको रोजाईमा पर्ने बक्सिङ खेललाई विश्वव्यापी बनाउने श्रेय महोमद्ध अलीलाई जान्छ । उनले आफ्नो समयमा खेलेका ६१ खेलमध्ये केवल ५ खेलमात्रै हारे । ५६ खेल जित्ने क्रममा उनले त्यतिबेलाका सबै हेभिवेट बक्सरहरुलाई रिङमा ढालेका थिए ।

क्यासियुस मर्सिलस क्ले जूनियर हो अलिको वास्तविक नाम । उनको जन्म सन् १९४२ मा अमेरिकामा भएको थियो । अमेरिकामा कालामाथि हुने गरेको दमनको अनुभव सानैदेखी गरेका क्ले बच्चैदेखी विद्रोही स्वभावका थिए । १२ वर्षको छदा“ साइकल चोरी हुन लागेको देखेपछि उनी चोरमाथि जाइलागे । पुलिस अफिसरले बयान लिदा“ उनले चोरलाई नछाड्ने बताए । त्यसपछि पुलिस अफिसरले उनलाई कसैमाथि आक्रमण गर्नुअघि राम्ररी बक्सिङ हान्ने तरिका जान्नुपर्ने संझाए । त्यसपछिको चार वर्ष उनले चर्चित बक्सर चुक बोडाकस“ग प्रशिक्षण लिए । उनले दुईवटा राष्ट्रिय गोल्डेन गोल्भ्स उपाधिसहित एम्योचोर एथलेटिक युनियनको राष्ट्रिय उपाधि जिते । सन् १९६० को रोम ओलम्पिकमा क्लेले लाईट हेविवेटतर्फ स्वर्ण जिते । ६ फिट ३ इन्ज अग्ला क्ले पोल्याण्डका विगन्यु पिटरस्जकोवोस्कीलाई हराउ“दै स्वर्ण जित्न सफल रहे । त्यसपछि उनलाई अमेरिकामा नायकका रुपमा लिइयो । सन् १९६३ मा हेनरी कुपरलाई हराउ“दै उनी ब्रिटिस हेविवेट च्याम्पियन बने । त्यसको एक वर्षपछि उनले सनी लिस्टनलाई हराउँदै विश्व हेभिवेट च्याम्पियनसिप जिते । बक्सिङ जगत्मा क्ले र लिष्टनबीचको यो भिडन्त सर्वाधिक चर्चित, विवादस्पद र रोमान्चक भिडन्तमध्ये एक हो ।

कहिल्यै नझुक्ने स्वभाव र प्रतिबन्ध

विश्व हेभिवेट च्याम्पियन बनेपछि क्लेले एकाएक धर्म परिवर्तन गरे । उनले आफू कट्टर मुस्लिम बनेको घोषणा गर्दै नयाँ नाम राखे महामेद्ध अली । हेविवेट जितेको तीन वर्षपछि अमेरिकी सेनाका जागिरे अलिले भियतनाम युद्धमा सहभागि नहुने घोषणा गरेर अर्को तहल्का पिटे । सन् १९६७ मा भएको अमेरिका र भियतनामबीचको युद्धताका उनले भियतनामीहरुले आफुलाई कहिल्यै निग्रो नभएको भन्दै उनीहरु विरुद्ध नलड्ने उद्घोष गरेका थिए । एउटा असामान्य खेलाडी हुदाँहुदैँ पनि सैनिकका रुपमा सामान्य जागिरे रहेका अलीको घोषणालाई त्यतिबेला पुरै विश्वले आश्चर्यका रुपमा हेर्याे । काला जातिका पक्षमा आन्दोलन गरिरहेका अमेरिकी लोकप्रिय नेता मार्टिन लुथर किङ अलीको यस्तो घोषणापछि निकै प्रभावित भए । उनले सार्वजनिक भाषणमै भनेका थिए –‘हरेक फरक विचार राख्ने व्यक्ति अमेरिकामा दमनको शिकार भएको छ । यस्तो परिस्थितीबीच महोमद्ध अलीले आफ्नो धर्मका लागि जे गरे त्यो सही छ ।’ अमेरिकामा काला जातिहरुले अधिकार खोजिरहेका बेला अलीलको निर्णयले मार्टिन लुथर किङ लगायतका नेताहरुलाई सघाउ पुर्याएको थियो । त्यसैले अलीको यस्तो निर्णयपछि तत्कालिन सरकारले उनीविरुद्ध देशदोहको मुद्धा चलायो । अलिले जितेका बक्सिङ उपाधिहरु खोसियो र उनलाई बक्सिङबाट निलम्बन गरियो । उनीमाथि १० हजार अमेरिकी डलर जरिवाना र ५ वर्षको जेलसजाय सुनाइयो ।

अदालतको फैसलापछि रिङमा पुनरागमन , लगातार तीनपटक हेभिवेट च्याम्पियन

सन् १९७० बाट उनले रिङमा फर्कन पाउने भए । ३ वर्षसम्म रिङ बाहिरै रहेका अलीलाई जर्जियामा कुनै बक्सिङ कमिशन नभएको कारण देखाउँदै अदालतले प्रतिबन्धबाट फुकुवा गर्यो । प्रतिबन्धपछि अलीको बक्सिङ करियर सकिएको अनुमान धेरै गरे । तर उनले सन् १९७० को भिडन्तमा जर्ज फ्राजियरलाई कडा चुनौती दिए । फाइट अफ दि सेन्चुरी नाम दिइएको भिडन्त १५ राउन्डसम्म चल्यो त्यसपछि अलिलाई नकआउट गर्दै फ्राजियर च्याम्पियनसिप जित्न सफल रहे । सन् १९७४ मा भएको रिम्याचमा अलिले फ्राजियरलाई हराए र बदला लिए । रम्बलर इन द जंगल नामक अलि र जर्ज फोरम्यानबीचको भिडन्तमा बुढा अली रिङमा गर्जिए । यसपटक फोरम्यानलाई हराउदै अलि हेविवेट च्याम्पिन बने । सन् १९७५ मा अलि र जोय फ्राजियरबीच फिलिपिन्सको मनिलामा अर्को ऐतिहासिक भिडन्त भयो । १४ राउन्डभन्दा बढी चलेको भिडन्त अन्नत अलिले जिते । सन् ७० को दशकको अन्त्यसम्म आइपुग्दा अलि केही थकित देखिन्थे । उनी लियाने स्पिन्क्स र ल्यारी होल्मेसस“ग पराजित भए । व्यवसाहिक बक्सिङबाट सन्यास लिएपछि अलि समाजसेवा र मानवअधिकारमा सक्रिय रहे ।


समाजसेवामा सक्रियता

सन् १९८४ यता महोमद्ध अलि पार्किन्सन सेन्टरका नामबाट करौडौ संकलन गरेका अलिले त्यो पैसालाई समाज सेवामा लगाए । अलिले भोक र रोगबाट ग्रसित व्यक्तिहरुको सेवा गर्ने क्रममा विश्वका थुप्र देश चहारे । सन् १९९८ मा उनी संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा सद्भावना दुत नियुक्त भए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले सन् १९९९ मा उनलाई शताब्दीकै सबैभन्दा उत्कृष्ट खेल व्यक्तित्वको पुरस्कार दियो । सन् २००५ मा जर्ज डब्ल्यु बुसले उनलाई अमेरिकाको स्वतन्त्रता अवार्ड जिते । पछिल्लो समय रोगबाट थलिएपनि अलि सार्वजनिक जीवनमा सक्रिय नै थिए । उनी कहिल्यै थकित देखिएनन् । सन् २००९ मा बाराक ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिमा निर्वाचित भएपछि अलीले आफ्नो सपनाको केही अंश पुरा भएको अभिव्यक्ती दिएका थिए । ‘ कालो व्यक्ति अमेरिकाको राष्ट्रपति भएको छ । तर अझै, गरिबी, भोक, असमानता तथा विभेदहरु विरुद्धको लडाँई पुरा गर्न बाँकी छ । हामी सबैले मानवियतालाई केन्द्रमा राख्नुपर्छ ।’– अलीको अभिव्यक्ती थियो । आफ्नो जीवनभर अलिले चारवटा विवाह गरे । उनका ८ सन्तानमध्येकी कान्छी छोरी लैला अलि पनि पिताको पदमार्ग अघि बढ्दै व्यवसाहिक बक्सर बनिन् । सन्यास लिनुअघिसम्म लैलाले खेलेको २४ व्यवसाहिक बक्सिङ खेलमध्ये कुनै खेल हारिनन् । अब अलीको महोमद्ध अलि पार्किन्सन सेन्टरलाई अगाडी बढाउनुपर्ने दायित्व उनैमाथि छ ।

ओलम्पिकको पदकलाई खोलामा फाले

अली जन्मले क्रिष्ट्रियन हुन् । बाल्यकालमा अली आफैँले खासै दुख अनुभव गर्नुपरेको थिएन । तर अमेरिकामा कालाजातिमाथि हुने विभेदले उनलाई अन्यायको विरुद्धमा लड्नका लागि पटक–पटक उत्प्रेरित गर्यो । उनले धर्म परिवर्तन गर्नुको कारण पनि यही नै थियो । अलीले सन् १९६४ को रोम ओलम्पिकमा जितेको मेडललाई खोलामा फालेका थिए । उनले यो तथ्यलाई सन् १९७५ मा प्रकाशित आफ्नो आत्मवृत्तान्तमा समेटेका छन् । अलीले भनेका थिए –‘ओलम्पिकको अर्थ सबै विभेदहरु चिर्दै समाजलाई एकतावद्ध बनाउनु हो । तर अझै पनि विश्वमा कालाहरु दोस्रो दर्जाका नागरिक छन् । अझै पनि विश्वमा गरिबहरुले दोस्रो दर्जाको जीवन बाँच्नुपरेको छ । ओलम्पिक केवल सम्पन्न तथा अधिकारप्राप्तहरुका लागि मनोरन्जनको माध्यममात्रै बनेको छ ।’

जनताका च्याम्पियन

सन् १९९१ मा अमेरिका र इराकबीच गल्फ युद्ध जारी रहेकै बेला इराकमा बन्दी बनाइएका निदोर्ष अमेरिकी नागरिकलाई छुटाउन अलीले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले इराकका तत्कालिन राष्ट्रपति सद्धाम हुसैनलाई भेटेर निदोर्ष अमेरिकीहरुलाई रिहा गर्न माग गरेका थिए । सन् १९९६ मा अमेरिकाले ओलम्पिक खेल आयोजना गर्दा अलीलाई उनले खोलामा फालेको ओलम्पिकको स्वर्णको सट्टामा अन्तर्राष्ट्रिय टोली कमिटीले अर्को स्वर्ण प्रदान गर्यो । एटलान्टामा भएको ओलम्पिकको यो संस्करणमा उनले ओलम्पिकको दीप प्रज्वलन गरेका थिए । अलीका समर्थकहरु उनलाई ‘द ग्रेटेस्ट र द पिपुल्स’ च्याम्पियन भनेर सम्बोधन गर्छन् ।
अन्वेषण अधिकारी
(http://www.ratopati.com)

Category:


1 comment:

  1. Human mind is still dirtier than toilet pipe. They wears clean cloths but dirty in their thoughts. Most of the people thoughts maintain difference makes them smarter and noble then other but the fact is God has created all of us without discriminations like the colour of blood, breadth from same world, live in the same world but their thoughts makes them difference.Their is no complete love & respect in the world.All are gainplayers.

    ReplyDelete

Check This too

loading...

Featured