नक्सलबारी खोरीबारी ब्लक नागरिक मञ्चद्वारा अम्बर गुरुङप्रति श्रद्धाञ्जली

Unknown | Monday, June 13, 2016 | 0 comments

प्रकाश फुँयल
नक्सलबारी, १३ जून । नेपाली सङ्गीत जगतका वरिष्ठन सङ्गीतकार तथा गायक अम्बर गुरुङको निधनप्रति गहिरो शोक व्यक्तश गर्दै नक्सलबारीस्थित निहालजोत खेल मैदानमा श्रद्धाञ्जली सभाको आयोजना गरियो। स्थानीय समाजसेवी राजेन्द्रबहादुर छेत्रीको अध्यक्षतामा सम्पन्न सो सभामा कथाकार तथा नागरिक मञ्चका संयोजक जयप्रसाद दाहाल, नक्सलबारी हेरिटेज एकाडेमीकी शिक्षिका श्रीमती नीता पराजुली, समाजसेवी भीम कोइराला, शङ्कर राईलगायतको उपस्थिति रहेको थियो।

मृतक आत्माको चीर शान्तिको कामना गर्दै एक मिनटको मौन धारणपश्चाित शुरु भएको कार्यक्रममा वक्तानहरूले गुरुङको निधनले नेपाली सङ्गीत जगत मात्र होइन तर भारतीय नेपालीभाषी समाजमा पनि अपुरणीय क्षति पुगेको बताए। कथाकार तथा नागरिक मञ्चका संयोजक जयप्रसाद दाहालले आफ्नो वक्तगव्यमा गुरुङले ६० को दशकमा जातीय कवि अगमसिंह गिरीद्वारा रचित ‘नौ लाख तारा उदाए’- गीतलाई सङ्गीत र स्वर भरेर त्यस समयमा नेपालीभाषी समाजको पीडा देखाउन सफल भएको उल्लेख गरे। दाहालले भने- ‘गुरुङले थुप्रै गीत नेपाली सङ्गीत जगतलाई दिएर गए पनि हामीले उनलाई चिन्ने भनेको नौ लाख तारा उदाए-बाट नै हो।’ त्यस समयमा प्रतिबन्धको सामना गर्नुपरेको सो गीत भारतमा हाम्रो सामाजिक अवस्था देखाउने दिशामा गाइएको पहिलो गीत हुनसक्ने पनि उनले थप बताए।

शिक्षक ओमप्रकाश छेत्रीद्वारा सञ्चालित कार्यक्रममा अर्का वक्ताग भीम कोइरालाले ‘नौ लाख तारा उदाए’, ‘हे कान्छा’, ‘म दूर भएर के भो’, ‘म भूलमा परेँ’ जस्ता कालजयी गीतहरूमा स्वर दिएका अम्बर गुरुङ ‘नौ लाख तारा उदाए’- बाट नै भारतमा अमर बनेको जानकारी गराए । उनले अझ भने – ‘अम्बर भारतमा मात्र होइन नेपालमा पनि गणतान्त्रिक नेपालको पहिलो राष्ट्रि य गीत ‘सयौँ थुङ्गा फूलका हामी’-मा सङ्गीत संयोजन गरी अमर बने।’ 

Category:


0 comments

Check This too

loading...

Featured