कवियत्री सुधा एम. राईलाई डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार
गान्तोक: सिक्किमकी वरिष्ठ नारी हस्ताक्षर कवियत्री डा. सुधा एम. राईलाई उनको कविता कृति ‘भूमिगीत’ को निम्ति वर्ष २०१६ को दिन शोभाकान्ति थेगिम स्मृति पुरस्कार प्रदान गरिने भएको छ|
डा. शोभाकान्ति थेगिम ट्रस्टद्वारा वार्षीक रूपमा प्रदान गरिने यस पुरस्कार आगामी चार जुलाईको दिन एक विशेष कार्यक्रमबीच प्रदान गरिने छ| पुरस्कारमा नगद राशि, ताम्रापत्र अनि प्रमाण पत्र प्रदान गरिने छ| ट्रस्टका अध्यक्ष डुपछिरिङ लेप्चाले जारी गरेको प्रेस बयान अनुसार चार जुलाईको दिन नेपाली साहित्य परिषद् भवनमा पुरस्कार प्रदान गरिने छ| पुरस्कारमा नगद राशि पन्द्र हजार एकलाई बढ़ाएर बीस हजार एक गरिएको विज्ञप्तिमा उल्लेख छ|
अर्कोतिर, ट्रस्टको संविधान अनुसार सिक्किम र पश्चिम बङ्गालको दार्जीलिङ, जलपाइगढ़ी जिल्लामा पर्ने साहित्यकारहरूलाई पनि पुरस्कारको निम्ति चयन गरिने प्रावधान राखिएको थियो| २१ मार्च, १९६८ मा माल्दीराम चिया बगान (सिटोङ) खरसाङका स्व. मोतीमाया राई अनि एलबी राईको कोखबाट जन्मिएकी कवि सुधा एम. राईले प्रारम्भिक शिक्षा माल्दीरामको स्कूलबाट गरिन् भने गान्तोक वेस्ट पोइन्ट स्कूलबाट दशौं अनि पीएनजीबाट १२औं श्रेणी उत्तीर्ण गरेकी हुन्| कवि राईले उत्तरबंग विश्वविद्यालयबाट स्नातक र इग्नुबाट स्नातकोत्तर उत्तीर्ण गरेपछि अहिले मानव संसाधन विकास विभागमा सहायक शिक्षा अधिकारीको रूपमा कार्यरत छिन्|
उनको प्रकाशित सातवटा कृति रहेका छन् जसमा ङ्गूलको यौवन ङ्गूलैसित जौड़ (कविता संग्रह), समाधानहीन पाइलाहरू (कथा संग्रह), विरोधाभास (कविता संग्रह), तिमीलाई..खलिल जिब्रानका प्रेम पत्रहरू (अनुवाद), पद् चिन्ह (कविता संग्रह), जरमा गार्डसिया लोर्काद्वारा लिखित नाटक (अनुवाद) र भूमिगीत रहेका छन्| उनले यस अघि पश्चिम सिक्किमबाट स्रष्टा पुरस्कार, कालेबुङबाट भाइचन्द्र स्मृति पुरस्कार र गान्तोकबाट कमला आँसु स्मृति पुरस्कार प्राप्त गरिसकेकी छन्|
उनी असल कवि अनि कुशल अनुवादको रूपमा चिन्हित छन् भने विभिन्न भाषामा कविताहरू अनुवाद भइसकेको छ भने विभिन्न भाषाका साहित्यलाई पनि अनुवाद गर्ने कार्य गरिरहेकी छन्|

Category: Art-literature
0 comments