अन्ततः ब्रिटेनका बहुसंख्यक जनताले गरे युरोपियन युनियनबाट बाहिरिने निर्णय
भारतमाथि यसको प्रभाव पर्ने सम्भावना

लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्षमा दह्रो समर्थन गरे तापनि उत्तरी ब्रिटेनका अधिकतर्यु जनताले विपक्षमा मत दिएपछि ब्रिटेन यसबाट बाहिरिएको छ। युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गरेका छन्।
यस ऐतिहासिक घटनाको भारतमा पनि प्रभाव पर्ने जानकारहरूको भनाई छ। यस निर्णयका साथै स्कट एक्सजेञ्जमा गिरावट देखिएको छ। यस अतिरिक्त यस निर्णयको विशेष गरेर भारतबाट नोकरीको निम्ति यूरोप जानेहरूमाथि प्रभाव पर्नेछ। यद्यपि अहिले केवल जनमत संग्राह मात्र भएको छ र यसमा ठोस कानून बन्नमा समय लाग्नेछ तर यसको प्रभाव पर्ने निश्चित रूपमा पर्ने जानकारहरूको मन्तव्य छ। विशेष गरेर भारतका दुई राज्य पोड्डुचेरी र गोवामाथि यसको व्यापक प्रभाव पर्नेसक्छ। ब्रिटेनको संख्यिकी कार्यालयको आँकड़ा अनुसार त्यहाँ 20 हजार गोवाका मानिसहरू छन्, जससित पुर्तगालको पासपोर्ट छ। पुर्तगालको पासपोर्ट भएको कारण उनीहरूले त्यहाँ कुनै प्रकारको रोकटोकबिना काम गरिरहेका छन् तर अब समस्या बढ़्नसक्छ।
यसरी नै फ्रांसको उपनिवेश गरिसकेको पोड्डुचेरी दोस्रो यस्तो भारतीय राज्य हो, जहांँ धेरै मानिसहरूसित फ्रांसको पासपोर्ट छ, जसको कारण रोज़गारको निम्ति उनीहरूको ब्रिटेन अावात-जावत रोकटोक बिना जारी छ। उनीहरूको निम्ति पनि समस्या बढ़्न सक्छ।
0 comments