सोरेङ पुलिसद्वारा नशालु पदार्थसहित एक युवक पक्राउ
पश्चिम सिक्किको सोरेङ सामथाङ मालबाँसे निवासी रवि राई नामक युवक एक यात्रीवाहक वाहनमा जोरथाङबाट सोरेङतर्फ गइरहेका थिए भने सोरेङ पुलिसले हस्पिटल फाटकमा जाँच गर्ने क्रममा उक्त युवकबाट 144 क्याप्सुल प्रतिबन्धित औषधि फेला पारे। आरोपी युवकले उक्त नशालु पदार्थ वाहनको फुट म्याट मुनि लुकाएर राखेका थिए।
आरोपी युवकलाई सिक्किम एन्टी ड्रग्स ऐक्ट 2006 अन्तर्गत पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।
Category: Crime-controversy-allegation others विविध
0 comments