जानी राखौं मनतातो पानी पिउनुका 9 फाइदाहरू
स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै अधिक हुन्छ ।
गर्मीको समयमा दिउँसो मनतातो पानी पिउन नसके तापनि यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ।
मनतातो पानी पिउनुका 9 फाइदा यस्ता छन्:
1. मनतातो पानी पिउनाले सरीरमा उपापचयन प्रक्रिया बढ्दछ र वजन नियन्त्रण हुन्छ ।
2. मनतातो पानी पिउनाले सरीरको तापक्रम केही वृद्धि हुन्छ । जसका कारण सरीरबाट पसिना निस्कने क्रम बढ्दछ र यसले सरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।
3. मनतातो पानी नियमति रुपमा पिउनाले रक्तसञ्चार सन्तुलित हुन्छ र मुटु सम्बन्धी समस्याबाट जोगाउँदछ ।
4. मनतातो पानी पिउनाले जोर्नी मजबुत हुन्छन् र बाथको जोखिम पनि कम गर्दछ ।
5. पाचन प्रणालीलाई तन्दुरुस्त राख्न तथा कब्जियतको समस्या हटाउन मनतातो पानीको सेवन लाभदायक हुन्छ ।
6. घाँटीको दुखाइ तथा खोकीको समस्यामा पनि मनतातो पानीको सेवन लाभदायक हुन्छ ।
7. मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल र्झन पनि रोक्दछ ।
8. महिनावारीको समयमा महिलामा तल्लो पेट दुख्ने समस्यालाई पनि मनतातो पानीको सेवनले कम गर्दछ ।
9. छालालाई चमकदार बनाउन तथा अनुहारमा छिटो चाउरी पर्न नदिनका लागि पनि पर्याप्त मनतातो पानी पिउनु आवश्यक हुन्छ ।
साभारः अनलाइन खबर
Category: Health Related News
0 comments