लिम्बू तामाङ समुदायको धरणालाई समर्थन दिन प्रदेश कांग्रेसको शीर्ष टोली दिल्ली प्रस्थान
गान्तोकः देशको राजधानी नयॉं दिल्ली स्थित जन्तर-मन्तरमा सिक्किमका लिम्बु-तामाङ अनुसूचित जनजातिको दुई दिवसीय धरणालाई समर्थन र साथ दिन तथा अखिल भारतीय राष्ट्रिय कांग्रेस कमिटी अध्यक्षा श्रीमती सोनिया गान्धी र अनन्य केन्द्रिय नेताहरुलाई यस विषय अवगत गराउन सिक्किम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष भरत बस्नेत लगायत शीर्ष टोली आज दिल्ली प्रस्थान गरेको छ|१ र २ मई २०१६ को दिन लिम्बु-तामाङ समुदायका युवाहरुद्वारा दुई दिवसीय धरणा गर्ने निधो भएको तथा सिक्किम प्रदेश कांग्रेसलाई लिखित निमन्त्रणा दिइएको कारण पार्टीले नैतिक समर्थन जनाउँदै दिल्ली प्रस्थान भएको पार्टीको तर्फबाट महासचिव (प्रशासन) तारा श्रेष्ठद्वारा दारी विज्ञप्तिमा जनाइएको छ|
यसका साथै सो सप्ताहव्यापी भ्रमण अवधिमा विभिन्न केन्द्रिय नेताहरुसित भेटघाट गर्दै राज्यको विभिन्न मुद्धाहरुबारे ज्ञापन पत्र पेश गर्ने पनि बताइएको छ|
Category: Politics

0 comments