माता-पितालाई भेट्न दुई बालकले गरे बसको तल बसेर ८० किलोमिटर जोखिमपूर्ण यात्रा

उनीहरु चीनको दक्षिणी गुएङझीबाट आफ्ना माता-पिता भेट्न उक्त बसमा लुगेर गुएङदोङ प्रान्त पुगेका थइए। यी दुई बालक गत नोभेम्बर २३ 2017 को दिन हराएको उनीहरुका शिक्षकले बताएका थिए । ती दुई बालक त्यही दिन बस पार्कमा बसको तल भेटिएका हुन् । तस्बिर तथा भिडियोमा दुई बालक हिलोले लत्तपतिएको देखिन्छ । उनीहरु बसको तल्लोभागमा रहेको भागमा बसेर ८० किलोमिटर यात्रा गरेका हुन् ।
साउथर्न मर्निङ पोस्टका अनुसार दुई बालक ८ वा ९ वर्षका छन् । ती बालकलाई सुरक्षाकर्मीले गाडी जाँचका लागि रोकेका बेला देखेका हुन् । बसको तल बालक देखेपछि बसका कर्मचारी अचम्मित भएका थिए । दुई बालकले आफ्नो बुवाआमालाई निकै सम्झिएको र उनीहरुलाई भेट्नका लागि बसको डिक्कीको सहारा लिएको पत्रिकाले उल्लेख गरेको छ।
उनीहरुको आर्थिक अवस्था कमजोर रहेको पनि जनाइएको छ । ती बालकलाई नोभेम्बर २३ कै दिन आफन्तको जिम्ममा लगाइएको थियो । तर त्यसपछि उनीहरुको तस्बिर सामाजिक सञ्जालमा सेयर भएको छ र यसले बालबालिकाको सुरक्षाको विषयलाई लिएर चर्चा सुरु भएको छ । यद्यपि चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन ।
Category: others
0 comments