पश्चिम जिल्ला एसडीएफ विद्यार्थी प्रकोष्ठद्वारा सफाइ कार्यक्रम आयोजित
गान्तोक, 7 दिसम्बरः एसडीएफ पार्टीको पश्चिम जिल्ला विद्यार्थी प्रकोष्ठले आफ्नो पूर्वनियोजित कार्यक्रमअनुसार मंगलवार जिल्लाको खेरिपेरी उच्चतर माध्यमिक विद्यालयमा सफाइ कार्यक्रम आयोजित गर्योष। एसडीएफ पार्टीको पश्चिम जिल्ला विद्यार्थी प्रकोष्ठका संयोजक राजेश खड़्काको अगुवाइमा सम्पन्न सफाइ अभियानमा प्रकोष्ठको पश्चिम जिल्लाका उप-संयोजक ग्याल्पो लेप्चालगायत सबै समष्टिका संयोजक र उप-संयोजकहरूको सक्रिय सहभागिता रहेको थियो।
यसअतिरिक्त, सफाइ कार्यक्रममा विद्यार्थी प्रकोष्ठका केन्द्रिय सचिव मोहन खतिवड़ा, कार्यकारी सदस्य टाशी भोटिया तथा पश्चिम जिल्ला कार्यकारी समितिका सदस्य मियोङ ग्याछो भोटिया, योकसम-टाशीडिङ समष्टिका उपसंयोजक प्रितम गुरुङ र अन्यको विशेष उपस्थिति रहेको थियो।
स्वच्छ भारत-स्वच्छ सिक्किम अभियानअन्तर्गत सम्पन्न सफाइ कार्यक्रममा विद्यालयका नौवौं, दशौं, एघारौं र बाह्रौं श्रेणीका विद्यार्थीहरूले विद्यार्थी प्रकोष्ठका सदस्यहरूसित मिलेर विद्यालयको शौचालय, खेल मैदान साथै विद्यालयको पूर्णरूपमा सफाइ गरे। सफाइ अभियानलाई सफल बनाउन विद्यालयका शिक्षक तथा विद्यालय प्रशासनले पनि योगदान पुर्यालएका थिए।
सफाइ अभियानपछि विद्यार्थी प्रकोष्ठका पदाधिकारीहरूले विद्यार्थीसित अन्तरक्रिया गर्दै वर्तमान राज्य सरकारको विद्यार्थीमुखी योजना र कार्यक्रमबारे विद्यार्थीहरूलाई जानकारी दिए। प्रकोष्ठका पदाधिकारीहरूले विद्यार्थीलाई राज्य सरकारद्वारा विद्यार्थीहरूको समग्र हितमा तयार पारिएका योजनाहरूबाट लाभ उठाउने र राज्य सरकारको विद्यार्थीमुखी कार्यक्रमलाई सफल तुल्याउन आह्वान गरे।
उनीहरूले विद्यार्थीका विभिन्न माग र गुनासाहरूलाई ध्यानपूर्वक सुनेर सुझाउ दिँदै सरकारको सम्बन्धित निकायसमक्ष पुर्यागउने आश्वासन दिए। सफाइ अभियानमा उपस्थित रहेर जिल्ला प्रकोष्ठलाई हौसला प्रदान गर्दै अभियानलाई सफल बनाउनमा योगदान पुर्यानउने केन्द्रिय कार्यकारी समिति, जिल्ला समिति तथा पश्चिम जिल्लाका सबै समष्टिका पदाधिकारीहरूप्रति जिल्ला प्रकोष्ठ संयोजक राजेश खड़काले आभार व्यक्त गरेका छन्।
Category: Social
0 comments