चण्डीगढको क्यापिटल कम्प्लेक्समा 21 जून 2016 को दिन आयोजित अर्न्तराष्ट्रिय योग दिवस कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

Unknown | Tuesday, June 21, 2016 | 0 comments

नयाँ दिल्ली, 21 जून,2016। यस समय देशका प्रत्येक कुनामा यो योगको कार्यक्रमसित मानिस जोडिएका छन् र विश्‍वका सबै देश आफ्नो-आफ्नो समयको सुविधाअनुसार यस कार्यक्रमसित जोडिएका छन्। संयुक्त राष्ट्रद्वारा सम्पूर्ण विश्‍वमा अर्न्तराष्ट्रिय योग दिवस मनाइँदैछ। भारतको अनुरोधमा गत वर्ष यसको शुरुवात भयो। 21 जूनको तारिक यस कारणले चयन गरियो, एक प्रकारले विश्‍वको एउटा वृहत् भागमा आजको दिवस सबैभन्दा लामो दिवस हुने गर्दछ र एक प्रकारले सूर्यको नजिक सम्बन्धको यो पर्व हुनेगर्दछ र यसलाई ध्यानमा राख्दै 21 जूनको दिन अर्न्तराष्ट्रिय योग दिवसका रूपमा पालन गर्न मन पराइएको हो। योगलाई सम्पूर्ण विश्‍वको समर्थन प्राप्त भयो, विकसित देश होस् या विकासमान देश, समाजका हरेक तप्काको समर्थन प्राप्त भयो।

हुन त संयुक्त राष्ट्रद्वारा यस्ता विभिन्न अर्न्तराष्ट्रिय दिवस मनाइने गरिन्छ। ती सबै दिवसहरूको म उल्लेख गर्दिन तर संयुक्त राष्ट्रद्वारा मनाइने यति धेरै दिवसहरूमध्ये कुनै एउटा दिवस सायद जनान्दोलन बन्नपुगेको छ... विश्‍वका हरेक कुनामा त्यसलाई समर्थन र स्वीकृति प्राप्त हुन्छ, सायद एक वर्ष भित्रमा अर्न्तराष्ट्रिय योग दिवसको बराबरीमा अन्य कुनै दिवस आउन सकेको छैन। अर्न्तराष्ट्रिय अनेक कार्यक्रम हुन्छन्। संयुक्त राष्ट्रद्वारा विश्‍व क्यान्सर दिवस हुन्छ, विश्‍व स्वास्थ्य दिवस हुन्छ, विश्‍व मानसिक स्वास्थ्य दिवस हुन्छ, विश्‍व बुज्रुक दिवस हुन्छ, यस्ता अनेकौं दिन छन्। स्वास्थ्यलाई लिएर पनि संयुक्त राष्ट्रद्वारा अनेक प्रकारका दिन मनाइने गरिन्छ। तर यही नै हो जसको सोझो सम्बन्ध स्वास्थ्यसित हुन्छ, शारीरिक-मानसिक-सामाजिक तन्दुरूस्तीसित सम्बन्ध छ,  योग आज यति वृहत् रूपमा जनसामान्यको आन्दोलन बनिएको छ र मलाई लाग्छ, यो हाम्रो पूर्वजहरूले हामीलाई जुन विरातस दिएका छन्, यस विरासतको शक्ति के छ? यस विरासतको पहिचान के छ? यसको परिचय गराउँदछ। कहिलेकाहीं त म भन्ने गर्छु कि योगासन एक प्रकारले जीवन अनुशासनको पनि अभिष्ठान बन्ने गर्दछ। कहिलेकाहीं मानिस यसलाई बुझ्ने उनीहरूको क्षमकाको कमिका कारण पूर्णरूपले बुझ्न सक्दैनन्। कहिलेकाहीं मानिसलाई योगाबाट के मिल्छ भन्ने लाग्छ। यो सम्पूर्ण विज्ञान लिने-पाउनका लागि मात्र होइन। यो, के पाइन्छ, त्यसका लागि होइन। यो, म के छोड्न सक्छु, म के दिनपाउँछु, म कुन-कुन चिजबाट मुक्त हुनपाउँछु, यो मुक्तिको मार्ग हो, पाउने मार्ग होइन।

सबै सम्प्रदाय, धर्म, भक्ति, पूजा-पाठ त्यसले मृत्युपछि इहलोकबाट निक्लेर जब परलोकमा पुगिन्छ तब आफूलाई के प्राप्त हुन्छ भन्ने कुरामा जोड दिइन्छ। यदि तपाईं यस प्रकारले पूजा-पद्धति गर्नुहुन्छ, ईश्‍वरको साधना -आराधना गर्नुहुन्छ भने तपाईंलाई परलोकमा यो प्राप्त हुनेछ। योग परलोकका लागि होइन। मृत्युपछि के पाइन्छ, यसको बाटो देखाउने यो होइन र यसैकारण यो धार्मिक कर्मकाण्ड होइन। योग इहलोकमा तपाईंको मनलाई शान्ति कसरी प्राप्त हुन्छ, शरीरलाई स्वास्थ्यता कसरी प्राप्त हुन्छ, समाजमा एक सूत्रता कसरी बनिरहन्छ, त्यसको शक्ति दिन्छ। यो परलोकको विज्ञान होइन, यसै इहलोकको विज्ञान हो। यसै जन्ममा के प्राप्त हुन्छ, त्यसको विज्ञान हो। योगको सम्बन्धमा शरीर, मन, बुद्धि, आत्माले क्रमबद्धरूपमा काम गरुन्, यसको एउटा प्रशिक्षण योगद्वारा हुन्छ। हामी आफैलाई हेर्दा हामी अगाडी बढौं या नबढौं, हामी स्फूर्ति छौं या अल्छी, थाकेका छौं या ऊर्जावान, हाम्रो शरीर यसमा केही पनि हुनसक्छ, लूलो-लचिलो यस्तै हामी देख्ने गर्छौं। यसलाई छोड्दिउँ, जहाँ पुगिन्छ त्यहीं बसौं। तर मन, मन कहिले स्थीर रहँदैन। मनले चारैतर्फ चक्कर लगाउँछ, एक ठाउँमा बसे तापनि तपाईंलाई अमृतसर याद आउँछ भने त्यहाँ तपाईं पुग्नुहुन्छ। आनन्दपूर साहब याद आयो भने त्यहाँ जानुहुन्छ, मुम्बई याद आयो भने त्यहीं पुग्नुहुन्छ। कुनै साथीको याद आयो भने उसकोमा मन पुगिहाल्छ। मन अस्थीर हुन्छ, शरीर स्थीर हुन्छ यो योग नै हो जसले हामीलाई सिकाउँछ, मनलाई कसरी स्थीर गर्नु र शरीरलाई गतीवान कसरी बनाउनु। अर्थात हाम्रो मूलभूत प्रकृतिमा परिवर्तन ल्याउने काम योगद्वारा हुन्छ जसले मनको स्थीरतालाई प्रसिक्षण दिन्छ र शरीरलाई गतिशीलताको प्रशिक्षण प्राप्त हुन्छ अनि यदि यो सन्तुलित भएमा जीवनमा ईश्‍वर प्रदत्त, यो जुन हाम्रो शरीर छ त्यो हाम्रो सबै संकल्पलाई पूर्ति गर्नका लागि उत्तम मार्ग बन्नसक्छ। यस अर्थमा योग आस्तिकका लागि पनि हो, यो नास्तिकका लागि पनि हो। जिरो बजटले दुनियाँमा कहीं पनि स्वस्थ बिमा हुँदैन तर योग एउटा यस्तो जिरो बजट हो जसबाट स्वस्थ आश्‍वासन (एसुरेन्स) प्राप्त गर्न सकिन्छ। योगमा गरीब धनीको भेद छैन। विद्वान-अनपढको भेद छैन। गरीबभन्दा गरीब व्यक्तिले पनि धनी भन्दा धनी व्यक्तिले पनि योग सहजै गर्नसक्छ कुनै चिजको आवश्यकता छैन। एउटा हात फैलाउनका लागि कहीं स्थान पाइयो भने त्यहाँ तपाईं योग गर्नसक्नुहुन्छ र आफ्नो तनमनलाई तन्दरुस्त राख्न सक्नुहुन्छ। भारत जस्तो गरीब देश, विश्‍वका गरीब देश, विकसित देशहरू, उनीहरूको स्वस्थको बजटलाई यदि सुरक्षात्मक स्वास्थ्य हेरचाहमा बल दिइएमा धेरै बचाउन पनि सकिन्छ र सही काममा प्रयोग गर्नसकिन्छ र यसैकारण सुरक्षात्मक स्वास्थ्य हेरचाहका जति पनि उपाय छन् त्यसमा योग एउटा सरल, सस्तो र हरेकलाई उपलब्ध एउटा यस्तो मार्ग हो।

योगलाई जीवनसित जोड्नु आवश्यक छ। धेरै मानिसहरू होलान्, यदि आज चाँडै उठेका छन् र हुनसक्छन् टीभीमा हेरिरहेका होलान् अथवा दिनभरिमा टीभीमा उनीहरूलाई यो कार्यक्रम हेर्ने अवसर प्राप्त हुन्छ। म विश्‍वभरिका मानिसहरूसित प्रार्थना गर्छु, तपाईं स्वयंका लागि, स्वयंसित जोडिनका लागि, स्वयंलाई जान्नका लागि, स्वयंको क्षमता बढाउनका लागि म तपाईंलाई आग्रह गरिरहेको छु, प्रतीक्षा नगर्नुहोस्। यस जीवनलाई योगलाई जीवनको अंग बनाउनुहोस्। जस्तो प्रकारले आज मोबाइल फोन तपाईंको जीवनको भाग बनिएको छ त्यतिनै सहजतासित तपाईं योगलाई आफ्नो जीवनको भाग बनाउन सक्नुहुनेछ। कुनै कठीन काम छैन, यसलाई सरलतातर्फ लिएर जाने आवश्यकता छ।

कहिलेकाहीं जब हामी योगका सम्बन्धमा चर्चा गर्छौं, तब ब्राजीलमा एक धर्म मित्र योगी भए। योगका 1008 आशन हुन्छन् भन्ने दावी थियो। 1008 र उनले प्रयास गरेर 908 आसनहरूको त फोटोग्राफी पनि गरेका थिए, ब्राजीलमा जन्मिएका थिए, योगमा समर्पित थिए। विश्‍वको हरेक भूभागमा आज प्रतिष्ठाको विषय बनेको छ र जब योगको आकर्षण हुन्छ, योगको प्रतिष्ठा हुन्छ तब जुन महापुरुषहरूले, ऋषिहरूले मुनीहरूले हामीलाई यो विज्ञान दिएका छन् यसको सही स्वरूपमा हामी विश्‍वसम्म पुर्‍याउने जिम्मेवारी हुन्छ। हामी आफ्नो क्षमता विकास गरौं। भारतबाट उत्तम भन्दा उत्तम योग शिक्षक तयार हुन्। अहिले भारत सरकारले गुणवत्ताका लागि जुन परिषद् हुन्छ, गुणवत्ता परिषद् त्यसले योगको प्रशिक्षण कस्तो हुनुपर्छ, प्रशिक्षक कस्तो हुनुपर्छ, त्यसको प्रावधानलाई तयार गर्ने दिशामा काम गरेको छ। भारत सरकारले विश्‍व स्वास्थ्य सङ्गठनसित मिलेर सम्पूर्ण विश्‍वमा योगको प्रोटोकल कस्तो हुन्छ, वैज्ञानिक तरिकाका कस्तो हो त्यसमाथि काम शुरु गरेको छ। देशभरिमा योगलाई प्रोत्साहन दिनका लागि व्यवस्था कस्तो हुनुपर्छ, विश्‍वमा योगको सही रूपमा कसरी पुगोस् अनि त्यसको शुद्धता होस्, त्यसलाई निरन्तर राख्ने दिशामा के-के काम हुनुपर्छ त्यसमाथि काम भइरहेको छ। नयाँ नयाँ संशाधनको पनि आवश्यकता छ। तपाईंहरूले देख्नु भएको छ होला, हिजोआज ठूल्ठूला शहरहरूमा जो स्त्री रोग विशेषज्ञ छन्, उनीहरूले गर्भवती महिलालाई गर्भावस्थाका समय योगाका लागि आग्रह गर्दछन्, योगा प्रशिक्षकसमक्ष पठाउने गर्दछन् ताकि प्रसूतीकालमा योगीक्रिया उनीहरूलाई सबैभन्दा अधिक सहयोगी बन्नसकोस्। भन्नुको अर्थ यो हो कि जसरी समय बित्दै जान्छ, जस्तो आवश्यकताहरू हुन्छन्, संशोधन गर्दै त्यसमा परिवर्तन ल्याउनका लागि यो आवश्यक हुन्छ।

हामी अतिनै व्यस्त भएका छौं। आफैसित, आफैलाई जोड्न पाउँदैनौं, न त हामी स्वयंसित जिउन पाउँछौैं। हामी आफै आफसित विच्छेद (कट अफ्) भईसकेका छौं। योगले अन्य केहीसित जोडोस् नजोडोस् तर आफूलाई आफैसित जोड्छ, यसैकारण योग हाम्रो लागि शारीरिक, आध्यात्मिक र सामाजिक चेतनाको केन्द्रविन्दु बनिएको छ। शारीरिक स्वास्थ्यता दिन्छ, आध्यात्मिक अनुभूतिका लागि मार्ग बनाउन सक्छ र समाजसित सन्तुलित व्यवहार गर्नका लागि हामीलाई शिक्षा दिन्छ। यसैकारण म चाहन्छु, यस योगलाई विवादमा नपारीकन, जनसामान्यको भलाइका लागि र परलोकको सेवाका लागि होइन इहलोकको सेवाका लागि प्रयोग गरौं। परलोकको लागि सम्प्रदाय छ, धर्म छ, परम्परा छ, गुरु महाजन छन्, अन्य धेरै छ। योग इहलोकका लागि, क्षमता बढाउनका लागि हो। यसैकारण हामी आफैआफ योगसित जुडौं। सबै मानिस आफैआफ योगमा समर्पित हुनसक्दैनन्। तर स्वयंसित जोडिनका लागि योगसित जोडिनु एउटा उत्तम मार्ग हो। मलाई विश्‍वास छ हामी यस दिशामा अगाडि बढ्नेछौं। आज योग विश्‍वमा एक वृहत् आर्थिक कारोबार पनि बन्दै गइरहेको छ। सम्पूर्ण विश्‍वमा एक वृहत् पेशाका रूपमा विकसित भइरहेको छ। योग प्रशिक्षकको व्यापक माग बढिरहेको छ र विश्‍वको हरेक देशमा माग बढिरहेको छ। नौजवानहरूका लागि रोजगारको अवसर उपलब्ध गराउने सम्भावनाहरू भइरहेको छ। विश्‍वमा यस्तै धेरै देश छन् जहाँ टीभी च्यानल शत्प्रतिशत योगका लागि समर्पित छन्। यस्तो टीभी च्यानल पनि चल्छ। यो एउटा ठूलो कारोबारका रूपमा पनि विकसित भइरहेको छ।

आज हामी हरेक प्रकारले योग गर्छौं। म योगसित जोडिएका महानुभवहरूलाई आज यस सार्वजनिक मञ्चबाट एउटा प्रार्थना गर्न चाहन्छु। यो मेरो अनुरोध हो। आगामी वर्ष जब हामी योग दिवस मनाउँछौं, यसका लागि हामीसित एक वर्ष छ, यस एक वर्षको अवधिमा हामी योगका लागि, जे पनि गर्छौं तर एक विषयमा हामी केन्द्रित हुन सक्छौैं? अनि त्यो मेरो विषय हो मधुमेह अर्थात डायबेटिज।

डाइबेटिज र योग। सबै योग दुनियाँका मानिस, उनीहरूसित जे पनि ज्ञान छ, तरिका छ, वर्षभरिको बाँकी कुरा त चल्नेछ नै तर यसमा मधुमेह प्रमुख हुनेछ। भारतमा डाइबेटिजको संख्या बढिरहेछ। योगद्वारा डाइबेटिजबाट मुक्ति प्राप्त होस् या नहोस् तर यसको नियन्त्रण भने गर्नसकिन्छ। हामी सामान्य व्यक्तिलाई डाइबेटिजको स्थितिमा कुन यौगिक उपाय छ त्यो सिकाउने जनआन्दोलन खडा गर्नसक्छौं? देशमा डाइबेटिजका कारण हुने समस्यादेखि हामी केही प्रतिशत मानिसलाई पनि मुक्ति दिलाउँछौं भने योग यस वर्षको उपलब्धीमा आगामी वर्ष कुनै अन्य बिमारलाई लिनेछौं। तर म चाहन्छु, यस उत्तम स्वास्थ्यका लागि कहीं पनि कुनै पनि बिमारीलाई सम्बोधन गरेर हामी अझ एक वर्षका लागि एउटा बिमार पक्रेर आन्दोलन चलाउँ। दोस्रो योग। यो बिमारीबाट मुक्तिको मार्ग होइन। योग, वेलनेश (कल्याण)को ग्यारेन्टी हो। यो फिटनेश मात्र होइन, यो वेलनेशको ग्यारेन्टी हो, यसैकारण हामीले वेलनेशमा पनि....। यदि जीवनलाई एक समग्र विकासतर्फ अगाडी लिएर जानु छ भने यो त्यसको उत्तम मार्ग हो।

आज जब अर्न्तराष्ट्रिय योगको दोस्रो वर्ष हो। भारतले विश्‍वलाई यो अनमोल विरासत दिएको छ। विश्‍वले आज आफ्नो-आफ्नो तरिकाले त्यसलाई स्वीकार गरेको छ। यस्तो समयमा भारत सरकारको तर्फबाट म आज दुईवटा पुरस्कार घोषणा गर्न गइरहेको छु। आगामी वर्ष जब 21 जूनको दिन अर्न्तराष्ट्रिय योग दिवस मनाइन्छ तब भारतको तर्फबाट यो दुईवटा अवार्डका लागि चयन हुनेछ। उनीहरूलाई अवार्ड त्यही समारोहमा प्रदान गरिनेछ। एक अर्न्तराष्टिय स्तरमा योगका लागि उत्तम काम गर्नेका लागि र दोस्रो भारतमा हिन्तुस्तानभित्र योगका लागि उत्तम काम भएको होस् त्यसका लागि पुरस्कार प्रदान गरिनेछ। एउटा अर्न्तराष्ट्रिय योग अवार्ड, अर्को राष्ट्रिय योग अवार्ड।

व्यक्ति, संस्था, प्रत्येक यसमा जोडिन सक्छन्। यसको जुन विशेषज्ञ समिति हुन्छ उनीहरूले त्यसको नियम, तौर तरिका बनाउनेछन्, जुरीले तय गर्नेछ तर विश्‍वभरिमा जस्तो प्रकारले विभिन्न वैश्‍विक अवार्डको बहाली हुन्छ याद आउने गर्छ, त्यसको महात्म्य मानिने गरिन्छ। हिन्दुस्तान चाहन्छ, भारत विश्‍वका मानिस जो योगसित जोडिएका छन् उनीहरूलाई सम्मानित गरोस्। हिन्दुस्तानमा जो योगका लागि काम गरिरहेका छन् उनीहरूलाई सम्मानित गरोस् र यो परम्परा हामी अघि बढाउँ। बिस्तारै बिस्तारै यसलाई राज्य र जिल्ला स्तरसम्म पनि हामी लिएर जान सक्छौं तब यस दिशामा हामी काम गर्नका लागि हामी प्रयास गरिरहेका छौं।


म पुनः एकपल्ट सम्पूर्ण विश्‍वलाई भारतको यस महान विरासतलाई सम्मानित गर्नका लागि, स्वीकार गर्नका लागि, भारतको यस महान परम्परासित जोडिनका लागि हृदयले विश्‍वलाई आभार व्यक्त गर्दछु। म संयुक्त राष्ट्रलाई आभार व्यक्त गर्दछु, म देशवासीलाई आभार व्यक्त गर्दछु, म योग गुरुहरूलाई आभार व्यक्त गर्दछु, म योगसित समर्पित सबै पीढीका मानिसहरूप्रति आभार व्यक्त गर्दछु जसले यस परम्परालाई जीवन्त राखेका छन् र आज पनि पूर्ण समर्पण भावले योगको परम्परालाई अगाडी बढाइरहेका छन् र जस्तो कि मैले भनें जिरो बजटवाला यो स्वस्थ आश्‍वासन, यसलाई हामी एउटा नयाँ शक्ति दिउँ, नयाँ ऊर्जा दिउँ, नयाँ प्रेरणा दिउँ। म सबै योगसित जोडिएका, आज यस चण्डीगढको धरतीमा, भर्खरै म बादल साहबलाई सोधिरहेको थिएँ, यस परिसरको यति उत्तम उपयोग यसभन्दा कहिले भएको थियो? म यहाँ धेरै अगाडी आउने गरेको थिएँ, म चण्डीगढमा बस्थें। लगभग पाँच वर्ष म यहाँ बसेको छु र म यी चिजहरूसित राम्रोसित परिचित थिएँ। यसैले जब चण्डीगढमा यो कार्यक्रम बनाउने कुरा आयो। यसभन्दा राम्रो परिसर, उत्तम स्थान कुनै पनि हुनसक्दैन भनेर  मैले भनेको थिएँ। आज यस परिसरको उत्तम प्रयोग देखेर मनलाई धेरै आनन्द भइरहेको छ। हजारौंको संख्यामा योगसित जोडिएका मानिसलाई देखेर मनलाई ठूलो प्रशन्नता हुन्छ र विश्‍व पूरा जोडिरहेको छ, यो आफैआफमा एउटा गर्वको कुरा हो। म पुनः एकपल्ट यस महान परम्परालाई प्रणाम गर्दै उज्ज्वल भविष्यको कामना गर्दै धेरै धेरै धन्यवाद दिँदछु। (पीआइबी)

Category:


0 comments

Check This too

loading...

Featured