मंगनमा मन्त्री छिरिङ वाङ्दी लेप्चाको उपस्थितिबीच विश्व योग दिवस पालन
एनएचपीसी टिस्टा चरण-IV द्वारा प्रायोजित तथा जिल्ला प्रशासनिक
केन्द्र अनि नेहरू युवा केन्द्र मगनको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सरकारी
स्कूलका शिक्षक-शिक्षिकाहरूले उपस्थित विद्यार्थी, शिक्षक-शिक्षिका, कर्मचारी एवं स्थानीय
मानिसहरूलाई योगा गराए। योगामा मन्त्री लगायत अन्य पदाधिकारीगणले पनि भाग लिएका थिए।
यस लगायत उत्तर जिल्ला पतञ्जली योग समितिका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
ज्ञात रहोस, गत वर्ष शिक्षा विभागद्वारा
राज्यको प्रत्येक स्कूलका एक-एक जना शिक्षक-शिक्षिकालाई पतञ्जली योगपिठ हरिद्वारमा
योगा प्रशिक्षणका लागि पठाइएको थियो।
स्वास्थ्य नै धन हो भन्दै मुख्य अतिथि
छिरिङ वाङदी लेप्चाले मानिसहरू स्वस्थ तथा योग्य रहन योगा तथा व्यायाम गर्न अनिवार्य
रहने बताए। यसैगरी उपस्थित मानिसहरूसित पर्यावरणलाई स्वास्थ्य राख्नका लागि प्रत्येकले
एक-एकवटा विरूवा रोप्न आग्रह गरे।
योगा तथा व्यायामले मानिसहरूलाई मानसिक,
शारिरिक तथा भावनात्मक रूपमा स्वास्थ्य राख्छ, जिल्लापाल कर्मा आर बन्पोले भने।
त्यसपछि मन्त्री लेप्चाले मगन बजारस्थित
मगन नगर पञ्चायत भवनमा हालै तयार पारिएको योगा तथा व्यायामशालाको उदघाटन गरे। यो व्यायामशाला
एनएचपीसी चरण-IV-ले तयार पारेको हो।
व्यायामशाला उदघाटन पछि यहाँ पनि उत्तर
जिल्लाको पतञ्जली योग समितिका प्रतिनिधिहरूले योगा गराए। यस अवसरमा जङ्गु तथा मुख्यालय
मगनका महकुमा अधिकारी, एनएचपीसी टिस्टा चरण- IV का मुख्य अभियन्ता रमेश मुखिया, खण्ड विकास अधिकारी एवं अन्यको
उपस्थिति थियो। (आईपीआर उत्तर)
Category: others Sikkim Government Social Yoga
0 comments