दोस्रो अन्तर्राष्ट्रिय दिवस पालनलाई लिएर समन्वय सभा सम्पन्न
मानव संसाधन विकास विभागका सचिव जी. पी. उपाध्यायको आध्यक्षतामा आयोजित यस सभामा स्वास्थ्य विभागका महा निर्देशक तथा सचिव डा. कुमार भण्डारीको पनि विशेष उपस्थिति रहेको थियो| सभामा अन्तराष्ट्रीय योग दिवस पालन गर्ने विषयमा चर्चा परिचर्चा भएको थियो भने योग दिवस विगत वर्ष झै यस वर्ष पनि भव्यताका साथ पालन गरिने निर्णय लिईएको अनि यसलाई सफल पार्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्न पर्ने निर्णय लिईएको जानकारी गराईएको छ|
यस वर्षको योग दिवसको अवसरमा सहभागीहरू विद्धयालय, महाविद्ध्यालय र विश्वविद्ध्यालयका विद्ध्यार्थीहरू तथा एन.एस.एस., एन.वाई.के.एस, र एन.सी.सी.का युवाहरू रहने पनि निर्णय लिईएको बताईएको छ| यस सभामा विभागीय अधिकारीहरू, स्वास्थय विभागका प्रदान निर्द्शकहरू, एन.एच.एम, एस.पी.ओ., आयुसका मिशन निर्देशकहरू र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो|
यस वृहत मास योगा डेमोन्सट्रेसन गान्तोकको पाल्जोर स्टेडियममा विहान ७ बजे देखि ८ बजे सम्म चल्ने बताईएको छ| यस अन्तर्गत अन्तर्राष्ट्रिय योगा दिवसको आयोजनालाई सफलतापूर्वक आयोजन गर्न र त्यस दिन सम्पन्न हुने कार्यक्रमहरूलाई पुर्ण रूप प्रदान गर्न सम्बन्धित विभागको समन्वय सभा पुण एक चोटी आउँदो जुन महिनाको पहिलो सप्ताहमा बस्ने जानकारी पनि आयुशका डा. गगन रूचालले गराउनु भएको छ|
Category: sports

0 comments