सिक्किम अमेच्योर बक्सिङ एसोसिएशनको शीतकालीन कोचिङ शिविर आयोजना गर्ने निर्णय

Unknown | Wednesday, June 15, 2016 | 0 comments

गान्तोक, १५ जून: गत १३ जूनको दिन गान्तोकस्थित पाल्जोर स्टेडियमको सम्मेलन हलमा सिक्किम अमेच्योर बक्सिङ एसोसिएशनको आम सभाका साथ-साथै चुनाउ सम्पन्न भयो| 

एसोसिएशनका महासचिव सुमित थिरानीको स्वागत भाषणका साथ आरम्भ सभाको प्रारम्भमा एसोसिएशनका नयॉं सदस्यहरू राकेश सोमानी, रिञ्जिङ वाङ्गले छोपेल अनि एचबी गुरूङलाई खदा लगाएर स्वागत जनाइयो| सभाको क्रममा आफ्नो खराब स्वास्थ्यको कारण देखाउँदै एसोसिएशनका कोषाध्यक्ष टीबी राईले राजिनामा दिए, जसलाई स्वीकार गरियो| 

यसपछि एसोसिएशनको चुनाउ सम्पन्न भयो, जसमा अध्यक्षको पदमा जसलाल प्रधान विजयी भए भने उपाध्यक्षमा एसके प्रधान, महासचिवमा सुमित थिरानी, तक्निकी सचिवमा मनोज लिम्बू, कोषाध्यक्षमा यश गुरूङ, प्रचार सचिवमा राकेश सोमानी, सचिवमा खेनरब वाङ्चुक र रिञ्जिङ वाङ्गले छोपेल विजय भए|

सभामा एसोसिएशनका अध्यक्षले वर्ष २०१५-१६ को वार्षिक अडिट अकाउण्ट प्रस्तुत गरेर, जसलाई सदस्यहरूले सर्वसम्मतिले पारित गरे| सभाले समष्टि स्तरीय अथवा जिल्ला स्तरीय शीतकालीन कोचिङ शिविर आयोजना गर्ने सर्वसम्मतिले निर्णय गर्‍यो| 

Category:


0 comments

Check This too

loading...

Featured